sábado, 3 de maio de 2014

२०१४ फिफा विश्वकप


२०१४ फिफा विश्वकप
कोपा डु मुन्ड़ो डा फिफा ब्राजिल २०१४

२०१४ फिफा विश्वकपको लोगो
टुर्नामेन्ट विवरण
आयोजक देश ब्राजिल
मिती१२ जुन- १३ जुलाई
जम्मा टिम संख्या३२ (from ५ confederations)
मैदान१२ (in १२ host cities)
सन् २०१४ फिफा विश्वकप २० औ फिफा विश्वकप हो जो कि एउटा अन्तर्राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता हो । यो फुटबल विश्वकप ब्राजिलमा १२ जुन देखि १३ जुलाई २०१४ को बीच संचालन हुनेछ । ब्राजिलले यो भन्दा पहिला सन् १९५० मा विश्वकपको आयोजन गरिसकेको छ । ब्राजिलले यस पल्टको विश्वकप फुटबलको आयोजन बिना कुनै रोकावट प्राप्त गरेको छ, फिफाको तर्फबाट सन् २००७ मा आधिकारिक रुपमा सन् २०१४ को विश्वकप फुटबल दक्षिण अमेरिकामा नै हुने घोषणा भएको थियो । दक्षिण अमेरिकामा यो भन्दा बिगतमा विश्वकप फुटबल अर्जेन्टिनामा सन् १९७८ मा भएको थियो ।
३१ वटा देशको राष्ट्रिय फुटबल टिमले विश्वकप फुटबलमा छनौटको लागि जुन २०११ देखि प्रतिस्पर्धा थालेको थियो । संचालक राष्ट्र भएको हुँदा ब्राजिल स्वत: छनौट भएको थियो । विश्वकप फुटबल अन्तर्गत जम्मा ६४ वटा म्याच संचालित हुनेछ जसमा ब्राजिलको १२ वटा शहरको १२ वटा स्टेडियम सामेल हुनेछ । यस विश्वकपमा पहिलो चोटी गोल लाईन प्रविधि को प्रयोग गरिनेछ ।
संचालक राष्ट्र सहित बिगतका सन् १९३० देखिका विश्वकप बिजेता राष्ट्र (उरुग्वे,इटाली,जर्मनी,संयुक्त अधिराज्य,अर्जेन्टिना,फ्रान्स तथा स्पेन) पनि यस विश्वकपको लागि छनौट भइसकेका छन् । स्पेन पछिल्लो २०१० फिफा विश्वकप को बिजेता राष्ट्र हो, उसले फाइनलमा नेदरल्याण्डलाई १-० ले पराजित गरेको थियो ।


पाहुना चयन प्रक्रिया[सम्पादन गर्ने]

सेप ब्ल्याटर सन् २०१४ को फिफा विश्वकप ब्राजिलमा आयोजन हुने घोषणा गर्नु हुँदै
सन् २००३ मार्च ७ मा फिफा ले विश्वकप फुटबल सन् १९७८ पछि पहिलो पल्ट दक्षिण अमेरिकामा आयोजित हुने घोषणा गर्यो । ३ जुन २००३ का दिन दक्षिण अमेरिकी फुटबल संघ ले २०१४ फिफा विश्वकप को फाइनल खेलअर्जेन्टिना,ब्राजिल तथा कोलम्बिया ले गर्न चाहन्छ भन्ने घोषणा गर्यो । पछि सन् २००४ मार्च १७ मा कोनामिबोल ले ब्राजिललाई नै विश्वकपको पाहुनाको रुपमा सर्वसम्मतिले मतदान गरिएको थियो । यस बिकास संगै ब्राजिल २०१४ फिफा विश्वकप गर्ने अधिकार जित्यो । ब्राजिल प्रतियोगिताको लागि बोलि प्रक्रियामा सन् २००७ अक्टोबर ३० मा आधिकारिक रुपमा पाहुना हुने अधिकार जित्यो ।

छनौट भैसकेका राष्ट्रहरु[सम्पादन गर्ने]

सन् २०१३ अक्टोबरमा भएको फिफाको ड्रमा परेका ३२ टिमहरु [१] यस टुर्नामेन्टमा छनौट भएका छन् ।
  Country qualified for the World Cup
  Country failed to qualify
  Country did not enter
  Country not a FIFA member
एशियाइ फुटबल संगठन (AFC) (४)
अफ्रिकी फुटबल संघ (CAF) (५)
उत्तर, मध्य अमेरिका र कैरीबियन फुटबल संघ (CONCACAF) (४)
दक्षिण अमेरिकी फुटबल संघ (CONMEBOL) (६)
यूरोपीय फुटबल संघहरुको संघ (UEFA) (१३)

म्याच हुने स्थान[सम्पादन गर्ने]

सन् २०१४ को विश्वकपको लागि ब्राजिलका १२ वटा शहर निर्धारित गरिएको छ । टुर्नामेन्टको फाइनल म्याच ब्राजिलको मराकाना स्टेडियम,रियो दी जिनेरियो मा हुनेछ ।

Nenhum comentário:

Postar um comentário